ब्रेकिङ स्टोरी

तनहुँ १ मा मतान्तर फराकिलो पार्दै स्वर्णिम

By खबरहब

April 24, 2023

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

४६ हजार ६७ मत गन्दा वाग्लेले २३ हजार ९६६ मत ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराई १३ हजार ८१२ मतका साथ उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ७९५ मतसहित तेस्रो स्थानमा छन् ।