ब्रेकिङ स्टोरी

बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै, रास्वपाका खरेल चौथो स्थानमा

By खबरहब

April 24, 2023

बारा । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्‍याएका छन् ।

जसपाका अध्यक्षसमेत रहेका यादवले २९५४, जनमतका कुशवाहले २३०४, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १००४ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३६३ मत प्राप्त गरेका छन् ।