ब्रेकिङ स्टोरी

इन्धन सकाउन फ्लाइ दुबईको जहाज आकाशमा नै घुमाइँदै

By खबरहब

April 24, 2023

काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको छ ।

अहिले पाइलटले आकाशमै जहाज घुमाइरहेका छन् ।इन्धन धेरै भएको अवस्थामा आगो लाग्न सक्ने हुन्छ । जहाजमा १२० नेपालीसहित १६७ जना यात्रु सवार छन् ।