फाइल तस्वीर

ब्रेकिङ स्टोरी

फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ गइरहेको छ : मन्त्री किराँती

By खबरहब

April 24, 2023

काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । मन्त्री किराँतीले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएका हुन् ।

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगो देखिएको थियो । ठूलो आवाजसहित विमानमा आगो देखिएपछि नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो ।

तर विमान गन्तव्यतर्फ गएको मन्त्री किराती बताएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’