ब्रेकिङ स्टोरी

बारा २ मा अग्रता बढाउँदै उपेन्द्र यादव

By खबरहब

April 24, 2023

बारा । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार यादवले ३७८१ मत प्राप्त गरेका छन् । भने जनमतका शिवचन्द्र कुशवाहले २९८१, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६४० मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ७०८ मत प्राप्त गरेका छन् ।