रास्वपाका स्वर्णिम वाग्ले

ब्रेकिङ स्टोरी

तनहुँ–१ मा स्वर्णिम वाग्लेको जित निश्चित

By खबरहब

April 24, 2023

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार वाग्ले २७,९८८मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिस्पर्धीले १५,९७९ मत प्राप्त गरेका छन् ।

यहाँ वाग्ले १२००९ मतले अगाडि देखिएका छन् । भने अब गणना हुन बाँकी मतको संख्या १२ हजार भन्दा कम रहेको छ । यहाँ एमालेका उम्मेदवार सर्वेन्द्र खनाले ७३७९ मत प्राप्त गरेका छन् ।