देश/प्रदेश

काठमाडौँबाट उडेको विमान सुरक्षित रूपमा दुबई आउँदैछ : फ्लाई दुबई

By खबरहब

April 24, 2023

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको फ्लाई दुबईले बताएको छ । फ्लाई दुबईका प्रवक्ताले विमान उड्नेबित्तिकै चरा ठोकिएको बताएको दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा उल्लेख गरिएको छ ।

‘फ्लाइ दुबईका प्रवक्ता काठमाडौं विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको फ्लाई दुबईको फ्लाइट ५७६ फएजेमा काठमाडौंमा चरा ठोक्किएको थियो ।’ दुबईको सरकारी मिडियोको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगो देखिएको थियो । ठूलो आवाजसहित विमानमा आगो देखिएपछि नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो । तर धादिङको धार्केमाथि फन्को लगाउँदै इन्जिन सामान्य रुपमा आएपछि विमान गन्तव्य तर्फ अघि बढेको थियो ।