फाइल फोटो

ब्रेकिङ स्टोरी

शंकर पोखरेलले भने, ‘नक्कली शरणार्थी प्रकरणको छानबिन सत्ता स्वार्थका लागि लज्जास्पद नाटक’

By खबरहब

May 24, 2023

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे चेतावनीको भाषा बोलेका छन्।

यो प्रकरणमा पक्राउ परेकाहरुले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकाहरुलाई करोडौँ बुझाएको बयान दिए पछि पोखरेल प्रतिकारमा उत्रिएका हुन्।

उनले सत्ता स्वार्थका लागि यो प्रकरणको अनुसन्धान गरिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा ‘सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ।’ लेखेका छन्।

त्यति मात्र होइन उनले काँक्रा चोरको कथासँग यो प्रकरणलाई तुलना गरेका छन्। ‘काँक्रा चोरले काँक्रा आफूले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ। उनले भनेका छन्।

हेर्नुस् उनको स्टाटस्