ब्रेकिङ स्टोरी

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

By खबरहब

August 24, 2023

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको पेसी सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो । क्रमसंख्याअनुसार खतिवडाको इजलासमा उक्त रिट १३औं नम्बरमा छ।

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

विश्वासको मत लिँदा सत्ता गठबन्धनले संविधानको धारा १८६ विपरीत गरेकोले विश्वासको मत बदरको माग रिटमा गरिएको छ।