तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

ब्रिक्समा छ सदस्य थपिए

By खबरहब

August 24, 2023

जोहन्नेसबर्ग- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ सदस्य थपिएको घोषणा गरेका हुन् । नयाँ सदस्य अब जनवरी १ देखि सङ्गठनमा आबद्ध हुनेछन् ।

“हामीले गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब अधिराज्य र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्णसदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौँ,” राष्ट्रपति रामाफोसाले घोषणा गरेका छन् ।