सांकेतिक तस्बिर

देश/प्रदेश

आईफोन जित्नुभएको छ भन्दै रकम मागेर ठगी गरेको आरोपमा दुई जना पक्राउ

By खबरहब

August 24, 2023

काठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । टिकटक, फेसबुक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा जमजम इलेक्ट्रोनिक्सबाट आईफोन जित्नुभएको छ भन्दै कस्टम क्लियरेन्सका नाममा रकम मागेर ठगी गरेको आरोपमा प्रहरीले पर्साका राजकुमार पण्डित र रौतहटका उमेश कुमार यादवलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ, सात वटा मोबाइल फोन, १८३ वटा सिम कार्ड, १२ वटा एटीएम कार्ड र राउटरलगायतका सामानसमेत बरामद गरिएको छ ।

पीडितलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइ ठगी गरेको उजुरीका आधारमा साइबर ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धानका क्रममा ललितपुरको कुपण्डोल गुसिङ्गालबाट उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।