अन्तर्राष्ट्रिय

अमेरिकाको सहयोगले थपेको जोस

By मनोज घिमिरे

September 24, 2023

अमेरिकी राष्ट्रपति जो वाइडेनले किभलाई लामो दुरीको मिसाइल सहयोग गर्ने भएका छन्। युक्रेनले जारी राखेको प्रत्याक्रमणलाई सहयोग गर्ने नीतिले वाइडेनले लामो दुरीको मिसाइल प्रदान गर्न आँटेका हुन्।

अमेरिकाले दिएको जानकारी अनुसार युक्रेनले तीन सय किलोमिटर पर प्रहार गर्न मिल्ने एटीएसिएमएस मिसाइल प्राप्त गर्नेछ।

अहिलेसम्म फ्रन्ट लाइन पार गर्न नसकेको युक्रेनका लागि सो मिसाइलमार्फत डिपलाइनमा प्रहार गर्ने बाटो खुलेको छ।

क्रिमियामा शुक्रबार नै युक्रेनले कम्तीमा एक मिसाइल प्रहार गरेको पनि जनाइएको छ। युक्रेनको सैन्य श्रोतका अनुसार स्टर्म स्याडो मिसाइल सेबास्टो पुलमा प्रहार गरिएको हो।

यसरी क्रिमयामा मिसाइल आक्रमणको क्रम सुरु गरिएको धेरै लामो समय भइसकेको छ। सो मिसाइल बेलायत र फ्रान्सबाट सहयोग स्वरूप प्राप्त भएको हो। सो मिसाइलको रेन्ज एक सय ५० किलोमिटर हो।

वाइडेन र उनका समकक्षी युक्रेनी भालाडोमिर जेलेन्सकी बिच वार्ता भए उनले पछि आर्मी ट्याक्टीकल मिसाइल सिस्टम (एटीएसिएमएस) पाउने छन्।

वासिङ्टनमा वाइडेन र जेलेन्सकीबीच दुई सय ६५ मिलियन बराबरको सैन्य सहयोग गर्ने सहमति गत साता नै भएको थियो। सोही सहमति अनुसार अमेरिकाले यो कदम अगाडि बढाएको हो।

युक्रेनले अहिले थप सहयोगका लागि क्यानडासँग पनि माग गरेका छन्। जेलेन्सकीले अमेरिकापछि क्यानडाका नेतासँग भेटघाट गरे।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि अमेरिका युक्रेनको पक्षमा रहँदै आएको छ। युक्रेनले अहिले अत्याधुनिक हतियारको साथै लामो दुरीको मिसाइल पाएपछि यसले नयाँ बाटो तय गर्ने अनुमान गरिएको छ।

युक्रेनले शुक्रबार गरेको प्रहारको विषयमा केही घाइते भएको तथा मृत्यु भएको जनाए पनि यसका बारे विस्तृत जानकारी बाहिर ल्याएको छैन। मस्कोले भने एक जना हराइएको जनाएको छ। सेबानस्तापुलको बन्दरगाहमा रुसी जल सेना जुनसुकै समयमा पनि तैनाथ गरिएका हुन्छन्।

युक्रेनले भने यसलाई अस्वीकार गरेको छ। धेरै जना मरेको तथा थुप्रै घाइते भएको दाबी युक्रेनको छ।

किभ निकट इन्टलीजेन्सका अनुसार दुई सैन्य कमान्डर धेरै नै घाइते भएका छन्। यसले रुसी सत्तालाई पश्चिमा शक्तिविरुद्धमा अझ बढी आक्रोशित बनाएको छ। ‘युक्रेनकै हातको रूपमा काम गरेर पश्चिमा शक्ति यो युद्धको एउटा अङ्ग बनी सकेका छन्,’ रुसी विदेश मन्त्री सर्जी लाभरोभले भने।

क्रेमियालाई रुसले सन् २०१४ मा जबरजस्ती कब्जा गरेको थियो। त्यसै क्रिमियामा रुसबाट स्थापित गभर्नर मिखायल राब्जाभोभले पछिल्लो मिसाइल घाटकै नजिकै खसेको जनाएका छन्। उनले केही घर कमजोर अवस्थामा रहेका कारण सतर्क हुनुपर्ने कुरा बताएका छन्। उनी पनि युक्रेन र पश्चिमा शक्तिप्रति आक्रोशित देखिएका छन्। आफ्नो नागरिकले दुःख पाउँदा उनीहरू खुसी हुने भन्दै उनी आक्रोशित भएका थिए।

क्रेमियको यो आक्रमण रणनीतिक रूपले पनि महत्त्वपूर्ण छ। शताब्दीदेखि महत्त्वपूर्ण रहेको ब्ल्याक सिका केही स्थानमा रुसले प्रभाव जमाइ रहेको छ।

ब्ल्याक सिको उत्तर, पश्चिमलाई नै प्रभावमा पार्ने अहिले युक्रेनको नीति हो। टोकमाल र मेलीटोलमा रुसका लागि आपूर्तिमा समस्या निम्त्याउने युक्रेनको अर्को नीति हो। यसै कारण लगातार क्रेमियमा युक्रेनको आक्रमण बढेको छ।

युक्रेनले दक्षिणी भागमा गरेको प्रत्याक्रमणमा क्रेमियामाथिको यो आक्रमणले सहयोग नै पुग्ने अनुमान गरिएको छ। युक्रेनी सेनले यी दुई आक्रमण एक आपसमा अन्तर्निहित भएको जनाएका छन्।

युक्रेनले त्यहाँ गरेको आक्रमणमा बेलायती चासो पनि बढेको छ। बेलायतले गत साता नै क्रिमियाको एउटा ठुलो जहाज क्षति भएको जनाएको छ।

युक्रेनले अत्याधुनिक हतियार र उत्कृष्ट नीतिसहित क्रेमियामा आक्रमण भइरहेको जनाएको छ।

अहिले युक्रेनले लिएको नीति नै रुसले पनि युक्रेनमाथि सुरुवाती दिनमा नै लिएको थियो। केही दिनको अन्तरमा नै युक्रेनी कब्जामा लिने रुसी नीति अमेरिका तथा पश्चिमा शक्तिको बलियो उपस्थितिका कारण सम्भव भएको थिएन।

‘क्रेमियामा उनीहरूसँग अझै पनि तोप खानको गोला र हतियारको भण्डार छ’, सेन्टर फर मिलिटरी एन्ड लिगल स्टडीजका अलेक्जेन्डर मुसेन्कोले भने। उनका अनुसार सामान ढुवानीका लागि मुख्य नाका नै यही हो।

अहिले युक्रेनले अमेरिकाबाट एटीएसीएमसी पाइ सकेपछि युक्रेनसँग धेरै कुरा प्राप्त भएको छ। ब्यालीस्टीक मिसाइल, त्रुसेल मिसाइल र ड्रोनमार्फत लगातार आक्रमण गर्ने युक्रेनी नीति रहेको छ। अहिले युक्रेनको मुख्य चासो भनेको रुसको हवाई आक्रमण हो। यसलाई निस्तेज पार्न युक्रेन सक्रिय छ।

युक्रेनले क्रेमिया फिर्ता लिने प्रयास गरे पनि यसका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको त्यहाँका सैन्य अधिकारीकै मत छ। अहिले युक्रेनी अधिकारीको मुख्य चासो दक्षिणको प्रत्याक्रमण हो। यसका लागि क्रेमियामा पनि आक्रमण जारी राख्नु रणनीतिक योजना हो।

युक्रेनले प्रत्याक्रमणको सुरुवात गरेको समयमा निराशा जनक अवस्था थियो। फ्रन्टलाइनबाट अलिकति पनि अघि बढ्न असमर्थ रहेको युक्रेनका लागि अहिले धेरै कुराको वातावरण अनुकूल भएको जनाइन्छ।

संयुक्त राष्ट्र सङ्घको वार्षिक सम्मेलनमा युक्रेनी राष्ट्रपति भालाडोमिरले रुससँगको युद्धको अन्त्यका लागि सहयोगको अपेक्षा रहेको बताएका थिए। त्यस लगत्तैको अमेरिकी सहयोगका साथमा संसारका अन्य देशको पनि सहयोगको सम्भावना बढेको छ।

सो सम्मेलनमा खासगरी जलवायु परिवर्तन र संसारका बढी रहेको आर्थिक समस्याका बारे धेरै छलफल भएको थियो। अमेरिकी नीति भने यसमा प्रष्ट थियो। रुस र युक्रेन बीचको युद्धका कारण ऊर्जा संकट खाद्यान्न संकट देखिएको छ। यसैबीच आर्थिक सन्तुलन पनि बिग्रिएको छ। यसले संसारलाई प्रभावमा पारी रहेको छ। यसै कारण अमेरिकी चासो जतिसक्दो युक्रेनलाई युद्धमा जितको बाटोमा लैजाने र युद्ध अन्त्य गर्ने भन्ने नै हो।

सुरुवातदेखि नै अमेरिकाले युक्रेनलाई गरेको सहयोगलाई ६ भागमा विभाजन पनि गरिएको छ। एन्फान्ट्री आर्म एन्ड इक्वीमेन्टमा पनि पहिलो सहयोग गरिएको छ। हवाई सुरक्षामा अझ धेरै सहयोग भएको छ। एयर रेड हाइ मिसाइलमा पनि अमेरिकी सहयोग रहेको छ। हाइ स्पिड एन्टी रेडीएसन मिसाइल र जुन एयर ड्राफ्ट रकेटको पनि सहयोगको आवश्यकता देखिएको छ।

म्यान्ड एयरक्राफ्ट, एक्सप्लोसिभ एन्ड कम्बाइन ड्रोन, सभाईभल ड्रोन र कोस्टल डिफेन्समा पनि अमेरिकी सहयोग त्यत्तिकै छ। पछिल्लो पटक दक्षिणमा युक्रेनी सेनामा पलाएको नयाँ आशा र क्रेमियामा जारी रणनीतिक आक्रमणका साथमा अमेरिका बेलायत र फ्रान्सको सहयोगका कारण रुस र युक्रेन बीचको युद्धले नयाँ मोड लिनसक्ने छ।

स्रोतः बीबीसी, सिएफआर डटओआरजी