देश/प्रदेश

लमजुङमा जिप दुर्घटना, चालकको मृत्यु 

By खबरहब

October 24, 2023

लमजुङ– लमजुङको सुन्दरबजार नगरपालिका २, सुन्तलेटारमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिप दुर्घटनामा सुन्तलेटारका ३६ वर्षीय मंगप्रसाद सेढाइँको मृत्यु भएको प्रहरीले जनाएको छ । 

तनहुँको भानु नगरपालिका ११, टुहुरेपसलबाट घरतर्फ आउँदै गर्दा मंगलबार बिहान ग १ ज ७२७२ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बडादसैंको दिन मंगलबार बिहान पौने ८ बजेतिर दुर्घटना भएको थियो । जिप बाटोबाट करिब ५० मिटर तल खसेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि बेँसीसहरस्थित जिल्ला अस्पताल पठाइएको छ ।