क्रिकेट

टी-२० सिरिज : अस्ट्रेलियाविरुद्ध भारतको विजयी सुरुवात

By खबरहब

November 24, 2023

काठमाडौँ– भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बिहिबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि यस सिरिजमा कप्तानी गरिरहेका सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाएका थिए भने इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोश इन्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ स्मिथले ५२ रन बनाएका थिए ।

यो जितपछि भारतले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने तालिका रहेको छ ।