राजनीति

प्रचण्ड र ओलीको घर घेर्छौँ : दुर्गा प्रसाईँ

By खबरहब

November 24, 2023

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् । 

भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै हिजोदेखी ‘ब्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईँले दुखित चेलीबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।

‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौ,’ प्रसाईँले भने, ‘अब उनीहरूले उहाँहरूको जिम्मा लिनुपर्नेछ ।’ 

उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईँहरू आउनु भएन भने भोलि तपाईँहरूको धनीपुर्जा पनि हुन्न् ।’