सांकेतिक तस्बिर

राजनीति

तीनकुनेबाट शाही युवा शक्तिका अध्यक्ष खड्कासहित ५ जना पक्राउ

By खबरहब

November 24, 2023

काठमाडौं– दुर्गा प्रसाईँले शुक्रबार तीनकुनेमा आह्वान गरेको प्रदर्शनमा सहभागी हुन पुगेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईँले राजतन्त्र पुनर्स्थापनको माग राख्दै आह्वान गरेको प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका शाही युवा शक्ति नेपालका नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुङ्गेलका अनुसार पक्राउ पर्नेमा अध्यक्ष पशुपति खड्कासहित मनिन्द्रराज भण्डारी, आभास खड्का, अनुप शाहीलगायत रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं तीनकुनेमा प्रसाईँलाई प्रदर्शन गर्न अनुमति दिएको छैन । उनीहरुले भने प्रदर्शन गर्न तीनकुने पुगेका थिए । 

उनीहरुको पक्राउबारे एसपी ढुंगेलले खबरहबसँग भने, ‘त्यहाँ प्रदर्शन गर्न अनुमति पनि छैन । उनीहरूको हिजोको हर्कतले गर्दा हामीले नियन्त्रणमा लिएका हौं ।’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा प्रसाईंलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।