सांकेतिक तस्बिर

देश/प्रदेश

नारायणी नदीमा माछा मार्न गएका एक जना मृत फेला

By खबरहब

November 24, 2023

भरतपुर- नारायणी नदीमा माछा मार्न गएका एक जना मृत फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला परेका हुन् ।

बिहीबार साँझ परिवारको सम्पर्कमा नआएका उनलाई आज बिहान खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।