ब्रेकिङ स्टोरी

सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् : उपप्रधानमन्त्री खड्का

By खबरहब

November 24, 2023

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्य सञ्चालकको काम गर्ने शैलीबाट नागरिक खुसी नभएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र दलहरूले काम गर्ने तौरतरिकालाई सुधार गर्न जरुरी भएको बताए । सुशासन र समय सापेक्ष जनताको चाहना र अपेक्षालाई केन्द्रविन्दुमा राखेर तीव्र गतिमा काम गर्ने तौरतरिकालाई सुधार गर्नुपर्ने मन्त्री खड्काको जोड छ ।

नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजलाई गलत दिशामा लगिरहेको भन्दै उनले त्यसतर्फ आफूहरू सजग र सुधार्नुपर्ने कुरामा सचेत रहेको पनि बताए ।

उनले सरकारले केही दिनभित्रै जनताको सुशासनको चाहना र विभिन्न कोणबाट उठेका प्रश्नको जवाफ कामबाट दिन संगठित रूपमा लाग्न प्रयास गरेको बताए।