मनोरञ्जन

चलचित्र ‘फर्की फर्की’ को शुभ मुहूर्त

By खबरहब

November 24, 2023

काठमाडौं- नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र ‘फर्की–फर्की’को छायंकन मंसिर ११ गतेदेखि हुने भएको छ ।

ललितपुरको बंगलामुखीमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । सुयोग गुरुङको निर्देशन रहने यो चलचित्र ‘कमर्सियल लभ स्टोरी’ को प्याकेज रहने निर्माण पक्षले बताएको छ ।

शुभ मुहूर्त नायक अनमोल केसीले यस चलचित्रमा दर्शकले हेर्न चाहेको र रुचाएको ‘लभर बोइ’ को भूमिकामा देखिने जानकारी दिए । उनले थपे, ‘धेरै पछि काममा पर्किएको छु । मलाई मरो दर्शकले लभ स्टोरीमा हेर्न खोज्नुभएको थियो । सोही कारण यो फिल्ममा फर्किएँ ।’

रोमान्टिक ड्रामा भएकाले आफू यस चलचित्रमा काम गर्न लागेको नायिक जसिता गुरुङले बताइन् । अनमोल र जसिता पहिलो पटकसँगै चलचित्रमा काम गर्न लागेका हुन् ।

यस चलचित्रमा निर्मल शर्मा केही नयाँ कलाकारको पनि अभिनय रहनेछ । पछिल्लो समय फल्प फिल्मको शिकार भएका अनमोन यही चलचित्रबाट ‘कमब्याक’ गर्ने लक्ष्यमा छन् ।