ब्रेकिङ स्टोरी

दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट (निवेदनसहित)

By खबरहब

November 24, 2023

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको मानव अधिकार रक्षाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । प्रसाईं आफैँले सुरू गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको रिटमा दाबी गरिएको छ ।

सरकारका कामकारबाही चित्त नबुझे शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुट्ठा मुद्दा लगाएर फसाउनेसम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा उल्लेख छ ।

उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुनेछ ।