आर्थिक

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीद्वारा शपथ ग्रहण 

By खबरहब

November 24, 2023

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैङ्क सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको बिहीबार बसेको ४९१ औ सञ्चालक समितिको बैठकले रोशन केसीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रूपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध रहँदै आएका छन् ।