ब्रेकिङ स्टोरी

भोलि पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

By खबरहब

November 24, 2023

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि पनि काठमाडौंको तीनकुनेमा नै प्रदर्शन गर्ने बताएका छन् । आज भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भोलि पनि तीनकुनेमा प्रदर्शन हुने र त्यसमा आफू पनि सहभागी हुने बताए ।

सरकारले सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर निषेध गर्न खोजेको उनको आरोप छ । आफू गोली खान वा जेल जान तयार रहेको भन्दै प्रसाईंले आफू आन्दोलन छोडेर नभाग्ने बताएका छन् ।

आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र २७ सय जनालाई पक्राउ गरेको उनको आरोप छ ।