फाइल फोटो

ब्रेकिङ स्टोरी

धनगढी उडेको श्रीको जहाज अवतरण हुन सकेन, इन्जिनमा समस्या देखिएपछि बीचबाटै फर्काइयो

By खबरहब

November 24, 2023

काठमाडौं- काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको हो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेसनमा समस्या देखिएपछि जहाज फर्काइएको जानकारी दिए ।