काठमाडौं– बलिउडका चकलेटी अभिनेता रणवीर कपुर यसबेला डिसेम्बर १ मा प्रदर्शनमा आउने चलचित्र ‘एनिमल’ को प्रमोसनमा व्यस्त छन् । यस चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका रणवीर नायिका रस्मिका मन्दानासँग विभिन्न टेलिभिजनलाई अन्तर्वार्ता दिन व्यस्त छन् ।
बलिउडको स्थापित नायक भए पनि रणवीर सामाजिक सञ्जालमा भेटिदिँनन् । उनको आधिकारिक ‘सोसल मिडिया अकाउन्ट’ छैन सोही कारण रणवीरको व्यक्तिगत जीवनको बारेमा उनका फ्यानहरुले थोरै कुरा मात्र थाहा पाउँछन् जुन उनले अन्तर्वार्तामा भन्छन् ।
फिल्म प्रमोसनका दौरान उनले हाम्रा व्यक्तिगत र पारिवारिक कुरा समेटेका छन् । जहाँ उनले बुबा ऋषि कपुरको याद, आलियासँगको विवाह र आफ्नी छोरीबारे कुरा नयाँ–नयाँ खुलासा गरेका छन् ।
घाँटीको ट्याटु भाइरल
रणवीरले अन्तर्वार्ताको दौरान ‘अनस्टपएबल विथ एनबीके’ मा घाँटीमा ‘राहा’ लेखेको ट्याटु ‘रिभिल’ गरेका छन् । जुन क्लिपले निकै चर्चा बटुलेको छ । कतिपयले राहाको हो ? भनेरसमेत प्रश्न गरेका छन् । राहा उनको छोरीको नाम हो । आलिया र रणवीरको पहिलो सन्तानकी रुपमा उनी एक वर्षकी भएकी छिन् । केही समयअघि उनले पहिलो ट्याटुको रुपमा सन्तानको नाम खोप्ने बताएका थिए ।
फेरि छोरीको चाहाना
६ वर्ष प्रेम सम्बन्धमा बसेर २०२२ मा रणवीर र आलियाले विवाह गरेका थिए । प्रेमलाई सफल बनाएको यी जोडी अहिले वैवाहिक जीवन सफल बनाउन केन्द्रित छ । आलियाले आफ्नो करिअर उत्कर्षमा हरेकै बेला छोरीलाई जन्म दिइन् । छोरीको जन्मपछि आलिया फिल्मबाट टाढै छिन् ।
सो अन्तर्वार्तामा पहिलो सन्तानको रुपमा छोरीकै चाहाना पूरा भएको खुलाएका छन् । छोरीबारे उनी थप्छन्, ‘मैले जीवनमा यस्तो आनन्द अनुभव गर्छु भनेको सोचेको थिएन । यो कुरा मेरो अपेक्षा बाहिर थियो ।’ अब दोस्रो सन्तानको रुपमा पनि छोरीकै अपेक्षा गरेको रणवीरले खुलाएका छन् ।
रणवीरलाई स्वर्गिय बुबाको याद
रणवीरले आफ्ना बुबा ऋषि कपुरलाई दुई वर्षअघि मात्रै गुमाएका थिए । क्यान्सरको कारण उनको निधन भएको हो । उनले बलिउडमा ‘एग्रिसिभ म्यान’को पहिचान बनाएका थिए ।
टेलर लन्च कार्यक्रममा चलचित्रमा आफूले निर्वाह गरेको पात्र बाबुको स्वभावसँग मिल्ने रणवीरले खुलासा गरेका थिए । आफ्नो भूमिकाबारे तयार हुँदै गर्दा बाबुको याद आएको बताउँदै उनी भन्छन्, ‘मैले भूमिकाका लागि तयार गर्दा एक्कासी बाबुको याद आयो । उहाँ एग्रेसिभ भएर कुरा गर्नुहुन्थ्यो ।’
उनले आफ्नो बाबुको निधनको क्षतिबारे अझै राम्रोसँग बुझ्न नसकेकोसमेत बताए ।