समाचार

घरमा बिजुलीको लाइन काटेर दिनभर नजरबन्दमा राखियो : दुर्गा प्रसाईं

By खबरहब

November 24, 2023

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज दिनभर आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले जंगलबाट यो ठाउँमा पुर्‍याएको दाबी गर्दै आफूले पनि प्रचण्डलाई नजरबन्दमा राख्नुपर्ने दिन नआओस् भन्दै चेतावनी समेत दिए । ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस् । यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने।

उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो । प्रचण्डज्यू तपाईंलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईं हो । दुर्गा प्रसाईंले ज्यान दिएको छ । यही घरमा हो तपाईंले कुनै दिन चिया खाएको । यही घर तपाईंले आज अन्धकार बनाउनुभएको छ ।’