तस्वीर- एपी

अन्य

दक्षिण अफ्रिकी पारालेम्पियन पिस्टोरियस जमानतमा रिहा हुने

By खबरहब

November 24, 2023

प्रिटोरिया- आफ्नी प्रेमिकाको हत्या गरेको आरोपमा दोषी ठहर भइ विगत १० वर्षदेखि जेल जीवन बिताइरहेका दक्षिण अफ्रिकाका पारालेम्पियन ओस्कर पिस्टोरियस जमानतमा रिहा हुने भएका छन् । उनलाई रिहा गर्नेबारे शुक्रबार निर्णय भएको दक्षिण अफ्रिकाको सुधार विभागले जनाएको छ । उनलाई आगामी जनवरी ५ का दिन रिहा गरिनेछ ।

सन् २०१३ को भ्यालेन्टाइन डेका दिन गोली हानी प्रेमिका रिभा स्टिनक्याम्पको हत्या गरेको आरोपमा उनलाई सन् २०१४ को अन्त्यमा कारावासको सजाय सुनाइएको थियो । उनको कारावासको सजाय सन् २०२९ डिसेम्बर ५ मा सकिँदैछ ।

जमानतमा रिहा भएपनि उनीमाथि निगरानी जारी राखिने र उनले प्रिटोरिया सहरबाहिर जान नपाउने समाचार संस्था एपीले जनाएको छ । क्रोध व्यवस्थापन र महिलाविरुद्ध हिंसाबारे उनलाई प्रशिक्षण दिइने दक्षिण अफ्रिकाका सुधार विभागका प्रवक्ता सिङ्गाबाखो न्क्सुमालोले जानकारी दिए । जमानतमा रहँदा उनले सामुदायिक सेवासमेत गर्नुपर्ने छ ।