तस्वीर- विकिमिडिया कमन्स

भारत / चीन / सार्क

हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ

By खबरहब

November 24, 2023

हङकङ- अवैधानिक हिसाबमा सहर पसेको आरोपमा हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ परेका छन् । शेक ओ क्षेत्रमा बस चढेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

सोही बसमा चढेका अन्य चार जनालाई प्रहरीले खोजिरहेको छ । प्रहरी आउनुअघि नै उनीहरु फरार भएका थिए ।

बस चढेका गैरचिनियाँहरुको समूह अवैधानिक रुपमा सहर छिरेको आशंकामा स्थानीयले प्रहरलिाई खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । पक्राउ परेकाहरुबाट प्रहरीले पाकिस्तानी राहदानी बरामद गरेको थियो । पक्राउ परेकाहरु उनीहरु २२ देखि २४ वर्ष उमेर समूहका रहेको जनाइएको छ ।

यस वर्षको १० वर्षमा मात्रै हङकङमा करिब १ हजार विदेशी नागरिकलाई अवैधानिक रुपमा सहर प्रवेश गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमध्ये अधिकांश पाकिस्तानी, बंगलादेशी र भियतनामी रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।