देश/प्रदेश

समाचार संकलन गर्न गएका पत्रकार प्रहरी नियन्त्रणमा

By खबरहब

November 24, 2023

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार संकलनका क्रममा फेयर नेपालकर्मी सविन तिमल्सिनालाई प्रहरीले तीनकुनेबाट नियन्त्रणमा लिएको हो ।तिमल्सिनालाई रामशाहपथस्थित काठमाडौं जिल्ला प्रहरी परिसरको निर्माणाधिन भवनभित्र ४ घण्टा राखिएको थियो ।

उनले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि पास देखाउँदा पनि प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको फेयर नेपाल डटकमका सम्पादक युवबहादुर गाहा मगरले जारी गरेको विज्ञिप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अभिभावकीय भूमिकामा रहेको राज्यले प्रेस र पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति खेद प्रकट गरिएको छ ।