देश/प्रदेश

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थपिए

By खबरहब

December 24, 2023

दाङ– लुम्बिनी प्रदेशमा सात महिनापछि मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् ।

यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रिमण्डल भएको हो ।

नयाँ थपिएका मन्त्रीहरुमा नेकपा (माओवादी केन्द्र)बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।