ब्रेकिङ स्टोरी

दाहाल, देउवा र ओलीबीच भेटवार्ता, टीआरसी विधेयकबारे छलफल

By खबरहब

December 24, 2023

काठमाडौँ– प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि रहेका थिए ।

बैठकमा माघ ११ गते हुने राष्ट्रियसभा चुनाव, सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।

सोमबार पुनः बैठक बस्ने जनाइएकाे ५ ।