ब्रेकिङ स्टोरी

न्याय परिषद बैठक : कुँवर र पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

By खबरहब

December 24, 2023

काठमाडौँ– न्याय परिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।

आज बसेको परिषद बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा नियुक्तिका लागि सिफारिस गरेको हो। परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।

यस्तै, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्र बहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा सरुवा गरिएको छ ।

बैठकले राजश्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश टङ्कप्रसाद गुरुङलाई तोक्न परामर्श दिएको छ ।