ब्रेकिङ स्टोरी

उच्च अदालतमा पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली सुरु

By खबरहब

December 24, 2023

काठमाडौँ– मुलुकका सबै उच्च अदालतमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटनमा सो प्रणालीको उद्घाटन गरे ।

यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख स्वचालित प्रणालीअनुसार तोक्ने अभ्यास सुरु गरिएको थियो ।

स्वचालित प्रणाली लागू भएपछि कर्मचारीहरूले आफ्नो इच्छा अनुसार तारिख तोक्ने पद्धतिको अन्त्य भएको छ । अब मुद्दाको प्रकृति र प्राथमिकताका आधारमा स्वचालित रुपमा तारेखको मिति निर्धारण हुनेछ ।