मनोरञ्जन

‘सम्झन्छु म तिमीलाई’मा रोमान्टिक बने रबिन र सोफी

By खबरहब

December 24, 2023

काठमाडौँ– गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

कुमार केसीको मिक्सिङ तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहीन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुखमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

माया हेराई भोगाई जस्तै महसुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् ।  भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ ।

उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इन्जिनियर  हुन् ।