खेलकुद

प्रधानमन्त्री कप महिला टी- २०: एपीएफ विजयी

By खबरहब

December 24, 2023

काठमाडौं– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गरेको छ । एपीएफले दिएको १५२ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि एपीएफ ९० रनले विजयी भएको हो ।

यसअघि एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो । यो एपीएफको लगातार तेस्रो जित हो । यो जितपछि एपीएफको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । अब एपीएफले सोमबार कोशी प्रदेशको सामना गर्ने छ भने लुम्बिनी प्रदेशले कर्णालीसँग खेल्नेछ ।