राजनीति

सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो होइन : अध्यक्ष ओली

By खबरहब

December 24, 2023

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो नभएको बताएका छन् । एमालेले आयोजना गरेको झुलाघाट–चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो नभएको बताएका हुन् ।

लोकतान्त्रिक प्रणालीबारे जनताको चासो रहेको भन्दै उनले सङ्घीयता सफल बनाउने कोसिस गर्नुपर्ने बताए । ‘सङ्घियताको बारेमा नकारात्मक कुरा गर्नु राम्रो होइन ।’ उनले भने, ‘लोकतान्त्रिक प्रणालीबारे जनताको चासो छ । सङ्घीयता सफल बनाउने कोसिस गर्नुपर्छ ।’

उनले जनतालाई सेवा दिने र जनताको समस्या समाधान गर्न जनप्रतिनिधिहरु तल्लिन हुनुपर्ने पनि उल्लेख गरे ।

यो पनि…

मध्यपहाडमा त युवा नै रहेनछन्, ४० प्रतिशतमात्रै युवा हाम्रो यात्रामा आए : ओली