आर्थिक

२१ अंकले घट्यो सेयर बजार

By खबरहब

December 24, 2023

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ ।

आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।