समाचार

स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउँछ : मन्त्री बस्नेत

By खबरहब

December 24, 2023

कास्की – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउने बताएका छन् ।

पोखरामा आज आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा उनले सार्वजनिक गरिएको सर्वेक्षणका आधारमा तीन तहको सरकार सहकार्य गरेर अघि बढ्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘सङ्घीयतापछि पनि काम गर्न काठमाडौँ धाउनुपर्ने अवस्था छ, त्यसैले तीनै तहको सहकार्यमा अघि बढौँ भनेर यो कार्यक्रम अघि सारिएको हो ।’

मन्त्री बस्नेतले आवश्यकताका आधारमा छिट्टै स्थानीय तहलाई छात्रवृत्ति करारका डाक्टर र स्वास्थ्य सामग्री पठाउने बताए । कार्यक्रममा मन्त्री बस्नेतले औधषीको अनुगमनका लागि मन्त्रालय कडा रूपमा लागिपरेको जानकारी समेत दिए ।