समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह १२ दिनका लागि रुपन्देहीमा

By खबरहब

December 24, 2023

रुपन्देही – पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमति कोमल शाहसहित रुपन्देही पुगेका छन् । उनलाई रुपन्देहीमा अभिनन्दन कार्यक्रमको तयारी गरिएको छ ।

आज अपरान्ह बुद्ध एयरको बिमानबाट भैरहवा पुगेका शाहलाई स्वागत गर्न गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो ।

शाह करिव १२ दिन भैरहवास्थित सिद्धार्थ भिलासामा बस्ने बताइएको छ ।

उनको अभिनन्दनका लागि पूर्व एमाले नेता डा. रामप्रसाद बस्यालको नेतृत्वमा तयारी गरिएको छ । बस्याल गत स्थानीय तहको निर्वाचनमा भैरहवाको सिद्धार्थनगर नगरपालिकाकामा मेयर पदको उम्मेदार थिए ।

अभिनन्दन कार्यक्रमको संयोजक भएपछि एमालेले उनलाई कारबाही गरेर निस्कासन गरेको छ ।