फाइल तस्बिर

राजनीति

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै

By खबरहब

January 25, 2023

काठमाडौं – बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ।

मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ।

नेकपा (एमाले)ले पाँच वटा, माओवादीले चार वटा, राप्रपाले तीन वटा, नेकपा एकीकृत समाजवादीले दुई वटा र हाम्रो नेपाली पार्टीले एक मन्त्रालय मागेका छन्।

मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ।