राजनीति

राप्रपा नेपालद्वारा वार्ता समिति गठन

By खबरहब

January 25, 2023

काठमाडौँ- कमल थापाको नेतृत्वको राप्रपा नेपालले बिचार मिल्ने दलसँगको एकताका लागि वार्ता समिति बनाएको छ।

काठमाडौँमा हालै सम्पन्न पार्टीको केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरूसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहेका छन्। पार्टीलाई बलियो बनाउन निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ–संस्थाहरुसङ्ग सम्वाद शुरु गरिएको समितिका एक सदस्यले जानकारी दिएका छन्।