अन्तर्राष्ट्रिय

युक्रेन युद्धले बिथोलेको ज्येष्ठ नागरिकको दैनिकी

By मनोज घिमिरे

January 25, 2023

काठमाडौँ- हिउँ परेको जङ्गलको छेउमा रेलको लिक। डोनबास प्रान्तको लेम्यान क्षेत्र। त्यसो त युद्धको सुरुवाती दिनसँगै युक्रेनले हार खाएको त्यही स्थान हो। जुन कहिल्यै पनि फर्कने आशा गरिएको थिएन। त्यही माथि दुई युक्रेनी जेट विमान घुमिरहेका छन्। चार महिना रुसी कब्जामा परेको त्यो क्षेत्र फिर्ता गर्दा युक्रेनी सेनामा बिछट्टै खुसी छ।

रुसी सेना २५ किलोमिटर पूर्व पुगेका छन्। तथापि यदाकदा केही विस्फोटका आवाजहरू आइरहेका छन्। रुसी सेना धेरै टाढा छन्। तर, पनि त्यहाँ रहेका सबै जनाले आफूलाई एकदमै सुरक्षित महसुस गर्न सकी रहेका छैनन्।

‘मलाई सातौँ तलामा बस्न नै मजा लाग्छ। बिहान सखारै रकेटले पाँचौँ तलामा प्रहार गरेको थियो। तर मलाई भने ठिकै छ’ ७३ वर्षीय अवकाश प्राप्त अलेक्जेन्डर रोगोभिट्जले भने। त्यहाँ बसोबास रहेका उनी एक्लो व्यक्ति हुन्।

आफ्नो साथमा रहेका ८ वटा बिरालाको लागि खानाको जोहो गर्न उनी समय समयमा बाहिर निस्कने गरेका छन्। उनको आत्मबल भने उदेकलाग्दो छ। त्यसको अलि पर बेसमेन्ट तताउनका लागि रेलवे प्राविधिक भालेरी डिभिट्रीन्को रहेका छन्।

गएको नौ महिना उनी सहित अन्य २१ छिमेकीको परिवारले यही बेसमेन्टमा जीवन धानेका छन्। लेम्यानमा अहिले पनि पिउने पानीको अभाव छ। हिटिङ सिस्टमले काम गर्न छाडेको छ। दिउसोको तापक्रम सहन सकिने भए पनि रातको तापक्रमको त कुरै नगरौँ।

‘हामी तिमिलाई के गर्न सक्छौ’, पत्नी इरासँग मिलेर भर्खरै पाल्ने निधो गरेर प्रिन्सेस डायना नामकरण गरिएकी एक कुकुर सुमसुम्याउँदै भालेरीले भने। आफ्नो बन्चरो खाली रहेको समयमा भालेरी छिमेकीलाई झ्याल र बिग्रिएको ढोका बनाउन सहयोग गर्ने गरेका छन्। इराका लागि भने इनारको पानी झिक्दा नै धेरै दिन जाने गरेका छन्।

‘मलाई अहिले पनि धेरै लामो समय बाहिर बस्न अत्यास लाग्छ’, इराले भनिन्। ६ रेलवे स्ट्रिटमा पुग्ने अगाडी इरा पनि एक कर्पोरेट संस्थामा लेखापाल थिइन्। अहिले उनको दिनचर्या फेरिएको छ।

डोनबासमा भीषण युद्ध भएको समयमा पनि केही युक्रेनी भने सेनासँगको मोर्चामा थिए। कोही पर बसेर ती सबै दृश्य हेरेका थिए। कोही भागेका थिए। फरक फरक परिदृश्य देखिएको थियो। गत वर्ष नै रुसी सेनाले क्षतविक्षत पारेको लेम्यान क्षेत्रमा १३ हजार जना बसोबास गर्ने गरेका छन्।

जुनमा लेम्यानमा रुसी सेना प्रवेश गरे पछि ४१ हजार विस्थापित भएका थिए। १० हजार जना त्यहीँ छुटेका थिए। यी मध्यको धेरै जना भालेरी र इराजस्तै अशक्त र प्रौढ थिए। कतिपयका आफन्त बिरामी भएका कारण त्यो स्थान छाड्न सकेका थिएनन्। रेल्वे स्ट्रिटको एउटै छानोमा ६० जनाले गएको ४ महिना जीवन गुजारा गरेका थिए।

त्यो समय एकदमै कठिन थियो। इराकै अनुसार केही मानिसहरू आक्रामक स्वभावका कारण सँगै बस्न पनि कठिन थियो। एउटा आश्चर्य के थियो भने त्यसै सिलिङमा अटाएका १ तिहाइ प्रो रसियन थिए। उनीहरूको चाहना युद्धमा युक्रेनले हारे हुन्थ्यो भन्ने थियो।

रुसको पक्षमा रहेका तिनीहरू युद्धमा पछिल्लो समय युक्रेनले आफ्नो भूमिका फिर्ता गर्न थालेपछि त्यो स्थान नै छाडेर गएका थिए। रुसी अधिकारीहरूले त्यस स्थान छाडे पछि बेसमेन्टमा रहेका रुसी समर्थक आफ्ना बालबच्चासँगै उनीहरूको साथमा गएका थिए। इराकै विचारमा अन्य व्यक्तिले केही खराब गर्ने पो हुन् की भन्ने चिन्ता उनीहरूलाई थियो।

३ अक्टोबरका दिन लेम्यान फेरी स्वतन्त्र भएको थियो। त्यहाँका मेयर अलेक्जेन्डर जुरालोभले ध्वस्त भएको ८० देखि ९० प्रतिशत संरचना पुर्न निर्माण गरी सकेको बताएका छन्। सहरको मध्यमा अवस्थित रेल्वे लाइन भने बनाउन अझै बाँकी छ।

पछिल्ला महिना मेयर र उनको टोलीले धेरै स्थानमा बिजुली बत्ती पुर्न निर्माणको काम गरेको छ। नियमित पेन्सन दिन थालिएको छ। पसलहरू खुल्ने क्रमको सुरुवात भएको छ। सरकार र मानवीय उद्धारका समूहले दाउराको चुल्हो र अन्य सामग्री व्यवस्था गर्न थालेका छन्।

प्रत्येक दिन कुनै सहयोगी निकायले १ सय भन्दा बढी लन्च बक्सको प्याकेट ल्याएर बढ्न गरेको थियो। अहिले त्यहाँ ७ सय बच्चा छन्। मेयरकै विचारमा सहर स्वतन्त्र भए पछि ३ हजार भन्दा बढी फिर्ता भइसकेका छन्।

उनको विचारमा त्यो स्थान अझै बस्नका लागि पूर्ण तयार नभइसकेका कारण सबैलाई फिर्ता बोलाउन धेरै चासो नदिइएको हो। अन्यत्र सुरक्षित भएमा केही समयमा लेम्यान पूर्ण तयार हुने र सबैलाई ल्याइने उनले बताएका छन्। मेयरकै विचारमा पुर्न संरचना हुन अब केही महिना लाग्ने छ।

रुसी कब्जाबाट भर्खरै छुटकारा पाएको स्थानमा काम गर्नका लागि प्रहरीले उनीहरूलाई सहयोग गरेको छ। गएका वर्षको अनुभवकै आधारमा प्रो रसियनले आफ्नो विचार परिमार्जन गर्ने कुरामा उनी आशावादी छन्।

उनको विचारमा हरेक रात रुसी सञ्चार माध्यमका समाचार पढेका केही व्यक्ति दिग्भ्रमित भएका छन्। सायद केही समयको अन्तरालमा उनीहरूले पनि आफूलाई यसमा सच्याउने छन्।

६२ बर्सिया भ्यालेन्टीना एउटा उदाहरण हुन्। उनी अस्पतालको प्राङ्गणमा बसेर खाने कुरा मागी रहेकी थिइन्। उनको सुरक्षाका बारे सबैले चाँसो लिए पछि अहिले मन फेरिएको छ। कतिपय प्रो रसियनहरूको मतमा उनीहरूको बसेको वासस्थान भत्कनुमा युक्रेन र सी सरकार बराबर जिम्मेवार रहेको भन्ने बुझाइ छ।

भ्यालेन्टीना अहिले भने यो लगातार भइरहेको बम बारी कसले गराएको भन्ने खोजी गर्न थालेकी छिन्। त्यसै खोजीसँगै उनको रुसी सरकारले हेर्ने दृष्टिकोण बिस्तारै फेरिएको छ।

“यो पक्कै रसियनको काम हो” भ्यालेन्टीनाले भनिन् “ यसमा शङ्का छैन हामी युक्रेनी हौ। यो युक्रेनी सहर हो। पसल खुल्न थालेका छन्। हामीले पेन्सन पाउन सुरु गरेका छौ। राज्यले हामीलाई बेवास्ता गरेको छैन।”

एकातर्फ युक्रेनले आफ्ना केही भूभाग फिर्ता गर्न थालेको छ भने रुसमा युद्धका विरोधीलाई दिइने यातनाको क्रम अझै कायम छ। लामो समयको युद्धको कारण दुवै देशको दैनिक जीवनमा अप्ठेरो परेको महसुस धेरै रुसी नागरिकले गर्न थालेका छन्। उनीहरूले यसलाई विभिन्न शैलले व्यक्त गर्न पनि थाली सकेका छन्।

राज्यको यातना सहन नसकेर एक आइटी अफिसरले सेप्टेम्बर महिनामा नै जङ्गलमा गएर जिन्दगी बिताउन सहज हुने बताएका छन्। आफ्नै घरको भित्तामा उनले “नो वार मोर” लेखेका थिए। यो कुरा उनीहरूका लागि अक्षम्य भएको थियो।

रुसी सरकारले पछिल्लो समय युक्रेनसँगको लडाइका लागि थप ३ लाख सर्वसाधारण युद्धमा होमिन आवश्यक भएको जनाएको थियो। हरेक नागरिकलाई युद्धमा सरिक हुन पुटिनले आह्वान गरेपछि ती युवा विद्रोही भएका हुन्।

ती युवा चार महिना अगाडी देखि जङ्गलमा गएर पाल टाँगेर बसेका छन्। अन्य धेरै रुसीयन युवा पुटिनको हरकत सहन नसकेर यसै बाटोका लाग्ने सम्भावना पनि छ।

युद्ध सुरु भएको एक वर्ष हुन लागेको छ। यो एक वर्षमा धेरै पिडाका समाचार लेखिए। यस बिचमा केही युक्रेनीका लागि भने आफ्नो ठाउँ फिर्ता भएको खुसी नै महत्त्वपूर्ण बनेको छ।

(श्रोत : बीबीसी, सीएनएन)