फाइल फोटो

आर्थिक

सेयर बजारमा दोहोरो अंकको वृद्धि

By खबरहब

January 25, 2023

काठमाडौं– सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचकमा १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ । बुधबार २६१ कम्पनीको कारोबार भएको छ । ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । ३ अर्ब ४६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

 राष्ट्रिय हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ र हिमालय दोलखा हाईड्रो पावरको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

ग्रीन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी बिमा, सूर्य ज्योति जीवन बिमा र बलेफी हाइड्रोपावर कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल १५९ कम्पनीमा उकालो लागेको छ भने ४६ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । 

आज १३ उपसूचकहरु ३ बाहेक सबै कम्पनी उकालो लागेको छ ।