राजनीति

सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा

By खबरहब

January 25, 2023

अत्तरिया– सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) बाट राजीनामा दिएकी छिन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको जनाएकी छिन् । विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ ।

उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेकी थिइन् । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएकी थिइन् ।