सांकेतिक तस्बिर

देश/प्रदेश

शिशु जन्माएर कुलोमा फाल्ने महिला सात वर्षपछि पक्राउ

By खबरहब

January 25, 2023

काठमाडौँ- कर्तव्य ज्यान मुद्दामा सात वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने रहेकी छन् ।

लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माएर चितवन साविकको पिठुवा गाविस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे फालेको अवस्थामा शव फेला परेको थियो ।

सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।