तस्वीर- जेबीपीएम कर्पोरात

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

By खबरहब

January 25, 2023

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण पाँच हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । अविरल वर्षासँगै तीन राज्यमा आएको बाढीका कारण मानिसहरु विस्थापित भएको सरकारी अधिकारीले बताएका हुन् ।

मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ भने बोर्नियो टापुमा अवस्थित राज्यहरु सबाह र पाहाङमा पनि बाढीले गर्दा जनजीवन प्रभावित भएको छ ।

सिंचाइ तथा ढल निकास विभागका अनुसार जोहोरका चार वटा नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि नागरिकलाई सावधानी अपनाउन भनिएको छ ।

मलेसियामा उत्तरपूर्वी मनसुनको प्रभाब सामान्यतया नोभेम्बरदेखि मार्चसम्म रहन्छ । मलेसियामा गत वर्ष पनि बाढकिा कारण हजारौँ मानिस प्रभावित बनेका थिए ।