फाइल फोटो

देश/प्रदेश

बन्द रहेका क्रसर उद्योग खोल्न दिने सरकारको निर्णय

By खबरहब

January 25, 2023

काठमाडौँ- सरकारले बन्द रहेका क्रसर उद्योग खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कर नतिरी चलिरहेका क्रसर उद्योगलाई असार मसान्तसम्म चुक्ता गर्ने सर्तमा खोल्न दिने निर्णय गरेको हो ।

यसअघि सरकारले दर्ताबिना र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएको थियो ।

क्रसर उद्योग बन्द हुँदा आयोजनाहरुको काम प्रभावित भएको गुनासो आएको थियो । क्रसर उद्योग बन्द हुँदा निर्माण व्यवसायीले काम गर्न छाडेपछि सरकारमाथि दबाब परेको थियो ।