फाइल तस्वीर

ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन

By खबरहब

February 25, 2023

काठमाडौं – मुलकको चौंथो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।

शुक्रबार साँझ आठ दल बिच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरे पछि राजनीतिक परिस्थिति बदलिएपछि नेकपा एमालेले भने राष्ट्रपति निर्वाचनमा के गर्छ ? भन्ने अझै अन्यौल कायम छ ।

यद्धपी एमालेले सचिवालय बैठक बोलाएर निर्णय लिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । एमालेले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइसकेको छ ।