फाइल तस्वीर

समाचार

राप्रपाको आकस्मिक बैठक बस्दै

By खबरहब

February 25, 2023

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आकस्मिक बैठक बस्दैछ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय हुने बताइएको छ ।