फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो राप्रपा

By खबरहब

February 25, 2023

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले आठ दलीय गठबन्धन बनाउने निर्णय गरेसँगै राप्रपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो।

गत पुस १० गते बनेको सत्ता गठबन्धनमा सहभागी भएको राप्रपा माघ ३ गते अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको थियो।

प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।