फाइल तस्वीर

ब्रेकिङ स्टोरी

एमाले सचिवालय बैठक च्यासलमा सुरु

By खबरहब

February 25, 2023

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि एमालेले सचिवालय बैठक बोलाएको हो ।

प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने कि फिर्ता लिने भन्ने लगायतका बिषयमा एमालेले निर्णय गर्नेछ।